Download Promoter 50% Call Share Application Here | तीन जिल्लामा महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा “युवा सँग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा महालक्ष्मी लाइफको बीमा जनचेतना कार्यक्रम | महालक्ष्मी लाइफको बीमा जनचेतना कार्यक्रम राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न, करिब चार सय युवा सहभागी | राजापुर, गुलरिया, धुलिखेल र वीरगन्जमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग-महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न | हरिनगरा, इटहरी र गौरमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी” बीमा सचेतना कार्यक्रम सम्पन्न | हरिनगरा, इटहरी र गौरमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी” बीमा सचेतना कार्यक्रम सम्पन्न | ‘यूवासँग महालक्ष्मी’ कार्यक्रम सुरूङ्गा, बनेपा र म्याग्दीमा सम्पन्न | सुरूङ्गा, बनेपा र म्याग्दीमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी लाइफ” बीमा सचेतना कार्यक्रम सम्पन्न | सुरूङ्गा, बनेपा र म्याग्दीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न | ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सुरूङ्गा, बनेपा र म्याग्दीमा पनि सम्पन्न | महालक्ष्मी लिडर्स समिट–२०७८ सम्पन्न |
सम्पर्क नम्बर +९७७-१४५४५७४०/ ४५४५७४१ / ४५४५७४२ सम्पर्क ईमेल info@mahalaxmilife.com ठेगाना कमलपोखरी, काठमाडौं
महालक्ष्मी लाईफ र ज्योति सहकारीले  बीमा जनचेतना कार्यक्रम सम्पन्न
12 May 19

महालक्ष्मी लाईफ र ज्योति सहकारीले बीमा जनचेतना कार्यक्रम सम्पन्न

मिति : २०७६।०१।१९

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. ले संयुक्त रूपमा यहि वैशाख १८ गते धुलिखेलमा बीमा जनचेतना कार्यक्रम सम्पन्न गरेका छन्। ज्योतिका शेयर सदस्यहरूको लागि संचालित उक्त कार्यक्रमको महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा समारोहका मुख्य अतिथि रमेश कुमार भट्टराईले पानसमा बत्ती बालेर उदघाटन गर्नुभएको थियो।दुई सेसनमा चलेको उक्त कार्यक्रममा पहिलो सेसनमा ज्योति सहकारीको चार वर्षे कार्यक्रमको विषयमा संस्थाका अध्यक्ष मुकुन्द प्रसाद दाहालले जानकारी गराउनु भएको थियो। दोस्रो सेसनमा बीमाको अवधारणा, बीमाको वर्तमान अवस्था, यसका फाइदाहरूको बारेमा महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रशिक्षण दिनुभयो भने महालक्ष्मी लाईफको परिचय र प्रडक्टहरूको विषयमा महालक्ष्मी लाईफका एजेन्सी तथा तालिम प्रमुख सिताराम धिमालले प्रशिक्षण दिनुभएको थियो।

सहकारी संस्थाका अध्यक्ष मुकुन्द प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष पुरूषोतम देवकोटाले धन्यवाद ज्ञापन सहित बीमा जागरण कार्यक्रम निकै प्रभावकारी भएको जानकारी गराउनुभयो।

पूर्व मेची देखि महाकाली सम्म २२ वटा शाखा कार्यालय स्थापना गरिसकेको महालक्ष्मी लाईफले निकट भविष्यमा बनेपामा कार्यालय स्थापना गर्नलागेको सन्दर्भमा उक्त बीमा जनचेतना कार्यक्रम निकै उपयोगी भएको देखिन्छ। कार्यक्रममा ज्योति बहुउद्देश्यीय सहकारी संस्थाका ९० जना भन्दा बढी शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।