महालक्ष्मी जीवन सुरक्षा बीमा | महालक्ष्मी सरल जीवन बीमा | महालक्ष्मी वार्षिक धनफिर्ता बीमा | जीवन हेरचाह बीमा | डबल सावधिक बीमा योजना | लगानी फिर्ता म्यादी बीमा योजना | सावधिक बीमा योजना |
सम्पर्क नम्बर +977-1 4445740 / 4445741/ 4445742 सम्पर्क ईमेल info@mahalaxmilife.com ठेगाना कमलपोखरी, काठमाडौं
महालक्ष्मी लाईफ र ज्योति सहकारीले  बीमा जनचेतना कार्यक्रम सम्पन्न
12 May 19

महालक्ष्मी लाईफ र ज्योति सहकारीले बीमा जनचेतना कार्यक्रम सम्पन्न

मिति : २०७६।०१।१९

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. ले संयुक्त रूपमा यहि वैशाख १८ गते धुलिखेलमा बीमा जनचेतना कार्यक्रम सम्पन्न गरेका छन्। ज्योतिका शेयर सदस्यहरूको लागि संचालित उक्त कार्यक्रमको महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा समारोहका मुख्य अतिथि रमेश कुमार भट्टराईले पानसमा बत्ती बालेर उदघाटन गर्नुभएको थियो।दुई सेसनमा चलेको उक्त कार्यक्रममा पहिलो सेसनमा ज्योति सहकारीको चार वर्षे कार्यक्रमको विषयमा संस्थाका अध्यक्ष मुकुन्द प्रसाद दाहालले जानकारी गराउनु भएको थियो। दोस्रो सेसनमा बीमाको अवधारणा, बीमाको वर्तमान अवस्था, यसका फाइदाहरूको बारेमा महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रशिक्षण दिनुभयो भने महालक्ष्मी लाईफको परिचय र प्रडक्टहरूको विषयमा महालक्ष्मी लाईफका एजेन्सी तथा तालिम प्रमुख सिताराम धिमालले प्रशिक्षण दिनुभएको थियो।

सहकारी संस्थाका अध्यक्ष मुकुन्द प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष पुरूषोतम देवकोटाले धन्यवाद ज्ञापन सहित बीमा जागरण कार्यक्रम निकै प्रभावकारी भएको जानकारी गराउनुभयो।

पूर्व मेची देखि महाकाली सम्म २२ वटा शाखा कार्यालय स्थापना गरिसकेको महालक्ष्मी लाईफले निकट भविष्यमा बनेपामा कार्यालय स्थापना गर्नलागेको सन्दर्भमा उक्त बीमा जनचेतना कार्यक्रम निकै उपयोगी भएको देखिन्छ। कार्यक्रममा ज्योति बहुउद्देश्यीय सहकारी संस्थाका ९० जना भन्दा बढी शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।