महालक्ष्मी जीवन सुरक्षा बीमा | महालक्ष्मी सरल जीवन बीमा | महालक्ष्मी वार्षिक धनफिर्ता बीमा | जीवन हेरचाह बीमा | डबल सावधिक बीमा योजना | लगानी फिर्ता म्यादी बीमा योजना | सावधिक बीमा योजना |
सम्पर्क नम्बर +977-1 4445740 / 4445741/ 4445742 सम्पर्क ईमेल info@mahalaxmilife.com ठेगाना कमलपोखरी, काठमाडौं

श्री मनोरञ्जन रमण शर्मा

(जनप्रशासन शास्त्रमा स्नातक)

अध्यक्ष

श्री शर्माले नेपालका वित्तीय क्षेत्रहरूमा लामो अनुभव संगाल्नु भएको छ। उहाँ विगतमा एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक तथा प्रूडेन्शियल फाइनान्स लिमिटेड र गोरखा फाइनान्स लिमिटेडको अध्यक्ष हुनुभएको थियो। श्री शर्मा लिङ्कन इन्टरनेशनल ट्रेडर्ससँग प्रबन्ध निर्देशकको रूपमा आवद्ध रहनुका साथै नेपाल भलिबल एसोसिएशनका अध्यक्ष समेत हुनुहुन्छ।

श्री मोहन राज जोशी

(वाणिज्य शास्त्रमा स्नातकोत्तर)

सञ्चालक

विगतमा नेपाल बैंक लिमिटेडको महाप्रबन्धक तथा एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडका सञ्चालकको रूपमा उहाँले निर्वाह गर्नुभएको भुमिकाका कारण वित्तिय क्षेत्रमा श्री मोहन राज जोशी एक सुपरिचित नाम हो।

श्री सुरेश राज सापकोटा

(एम.बी.ए)

सञ्चालक

श्री सापकोटा एक गतिशील व्यक्ति हुनुहुन्छ। प्राज्ञिक क्षेत्रको लामो अनुभव र बहु-आयामिक व्यक्तित्वका धनी सापकोटा हाल एम्बिशन एकेडेमीको प्रबन्धक निर्देशकका रूपमा कार्यरत हुनुहुन्छ।

श्री उमेश लाल श्रेष्ठ

(बी.एससी.)

सञ्चालक

उमेश लाल श्रेष्ठ एक प्रसिद्ध व्यावसायीक व्यक्तित्व हुनुहुन्छ। उहाँ नेपाल उद्योग वाणिज्य महासंघको एक उपाध्यक्ष रहनुका साथै क्वेस्ट फर्मास्यूटिकल्स प्रा. लि.को प्रबन्धक निर्देशक समेत हुनुहुन्छ । श्री श्रेष्ठ नेपाल हकी एसोसिएशनका अध्यक्ष पनि हुनुहुन्छ।