महालक्ष्मी जीवन सुरक्षा बीमा | महालक्ष्मी सरल जीवन बीमा | महालक्ष्मी वार्षिक धनफिर्ता बीमा | जीवन हेरचाह बीमा | डबल सावधिक बीमा योजना | लगानी फिर्ता म्यादी बीमा योजना | सावधिक बीमा योजना |
सम्पर्क नम्बर +977-1 4445740 / 4445741/ 4445742 सम्पर्क ईमेल info@mahalaxmilife.com ठेगाना कमलपोखरी, काठमाडौं
राष्ट्रिय अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न सम्बन्धि
15 Aug 19

राष्ट्रिय अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न सम्बन्धि

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड द्धारा चितवनको सौराहामा आयोजना गरिएको दुई दिने राष्ट्रिय अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ  । श्रावण २५ र २६ गते सम्पन्न उक्त कार्यक्रमको समुदघाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई ज्यूले गर्नु भएको थियो । कम्पनीले तोकेको व्यवसायिक लक्ष्य पुरा गरेका देशभरिका ११५ जना अभिकर्ता र एजेन्सी मेनेजरहरुको सहभागिता रहेको उक्त सम्मान कार्यक्रममा व्यक्तिगत अभिकर्ता र एजेन्सी मेनेजरहरु मध्ये उत्कृष्ट १५/१५ जनालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रमको दोस्रो दिन नेतृत्व विकास र व्यवसाय वृद्धि सम्बन्धि उत्प्रेरणात्मक तालिम ट्रेनर शोभा खरेलले प्रदान गर्नु भएको थियो।

२०७६ आषाढ मसान्त सम्ममा कम्पनीले ४७ वटा शाखा/ उपशाखा र २५ करोड भन्दा वढी बीमा शुल्क संकलन गरेको छ । यो आर्थिक वर्ष भित्र कम्पनीले थप ५० वटा शाखा/ उपशाखा खोली १ अर्व भन्दा वढी बीमा शुल्क संकलन गर्ने लक्ष्य राखेको छ । कम्पनीले छिट्टै प्रविधिमा आधारित टेबलेट इन्सुरेन्सको कार्यक्रम संचालन गर्न गईरहेको जानकारी गराउदछौँ ।