Download Promoter 50% Call Share Application Here | तीन जिल्लामा महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा “युवा सँग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा महालक्ष्मी लाइफको बीमा जनचेतना कार्यक्रम | महालक्ष्मी लाइफको बीमा जनचेतना कार्यक्रम राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न, करिब चार सय युवा सहभागी | राजापुर, गुलरिया, धुलिखेल र वीरगन्जमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग-महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न | हरिनगरा, इटहरी र गौरमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी” बीमा सचेतना कार्यक्रम सम्पन्न | हरिनगरा, इटहरी र गौरमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी” बीमा सचेतना कार्यक्रम सम्पन्न | ‘यूवासँग महालक्ष्मी’ कार्यक्रम सुरूङ्गा, बनेपा र म्याग्दीमा सम्पन्न | सुरूङ्गा, बनेपा र म्याग्दीमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी लाइफ” बीमा सचेतना कार्यक्रम सम्पन्न | सुरूङ्गा, बनेपा र म्याग्दीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न | ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सुरूङ्गा, बनेपा र म्याग्दीमा पनि सम्पन्न | महालक्ष्मी लिडर्स समिट–२०७८ सम्पन्न |
सम्पर्क नम्बर +९७७-१४५४५७४०/ ४५४५७४१ / ४५४५७४२ सम्पर्क ईमेल info@mahalaxmilife.com ठेगाना कमलपोखरी, काठमाडौं
बेलौरी र टिकापुरमा “युवा संग- महालक्ष्मी लाईफ” को जनचेतना कार्यक्रम सम्पन्न

बेलौरी र टिकापुरमा “युवा संग- महालक्ष्मी लाईफ” को जनचेतना कार्यक्रम सम्पन्न

मिति २०७८।०६।१८

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ भित्र २५ वटा भन्दा बढी जिल्लामा “युवा संग- महालक्ष्मी लाईफ” बीमा जागरण राष्ट्रिय अभियान संचालन गर्ने लक्ष्य लिएको छ। सोही अभियान अन्तर्गत सुदुरपश्चिमको बेलौरी कंचनपुर र टिकापुर कैलालीमा ” युवा संग – महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । बेलौरीको महाकाली बहुमुखि क्याम्पसमा मिति २०७८ आश्विन १७ गते सम्पन्न कार्यक्रममा स्नातक तहका १५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो । क्याम्पस प्रमुख धर्मराज जोशीको अध्यक्षतामा भएको बीमा जनचेतना कार्यक्रममा सहायक क्याम्पस प्रमुख गंगा प्रसाद रिजाल, कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले कार्यक्रमको महत्व बारेमा मन्तव्य राख्नु भएको थियो। कम्पनीका बेलौरी कार्यालय प्रमुख प्रदिप तिवारीले संचालन गर्नु भएको कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमा बारेमा प्रशिक्षण प्रदान गर्नु भयो ।

                       

त्यसै गरी आज विहान कैलालीको टिकापुर स्थित टिकापुर बहुमुखि क्याम्पसमा पनि “युवा संग- महालक्ष्मी लाईफ”  कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ७० भन्दा बढिको सहभागिता थियो । निमित्त क्याम्पस प्रमुख धन कृष्ण उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागी विद्यार्थीहरुलाई बीमा बारे प्रशिक्षण दिनु भएको थियो । कम्पनीले यस अघि पर्सा, बारा, रौतहट, मोरङ र कैलाली जिल्लामा कार्यक्रम सम्पन्न गरिसकेको छ । भने यसै हप्ता म्याग्दी, वागलुङ र तनहुमा कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।