महालक्ष्मी जीवन सुरक्षा बीमा | महालक्ष्मी सरल जीवन बीमा | महालक्ष्मी वार्षिक धनफिर्ता बीमा | जीवन हेरचाह बीमा | डबल सावधिक बीमा योजना | लगानी फिर्ता म्यादी बीमा योजना | सावधिक बीमा योजना |
सम्पर्क नम्बर +977-1 4445740 / 4445741/ 4445742 सम्पर्क ईमेल info@mahalaxmilife.com ठेगाना कमलपोखरी, काठमाडौं
महालक्ष्मी सरल जीवन बीमा

महालक्ष्मी सरल जीवन बीमा

बीमा अवधिभर पटक पटक गरी बीमाशुल्क भुक्तानी गर्न झन्झट मान्ने व्यक्तिहरूलार्इ जोखिमको सुरक्षावरण गर्दै लगानीको अवसर प्रदान गर्ने र उक्त लगानीमा उचित प्रतिफल समेत प्राप्त हुने विशेषता सहितको “महालक्ष्मी सरल जीवन बीमा” योजना महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारण समक्ष प्रस्तुत गरेको छ। यस बीमा योजनामा एकमुष्ठ वा बीमा अवधि भन्दा कम्तिमा ५ वर्ष कम हुने गरी ५ को गुणनमा हुने बीमाशुल्क भुक्तानी अवधि छनौट गर्न सकिने व्यवस्था रहेको छ।

१.     बीमा योजनाको नाम/प्रकार    :     महालक्ष्मी सरल जीवन बीमा / सिमित भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने)

२.     प्रवेश उमेर                :     १८ वर्ष देखि ६५ वर्ष सम्म

३.     बीमा अवधि               :     ५ वर्ष देखि २५ वर्ष सम्म

४.     बीमाशुल्क भुक्तानी अवधि     :     एकमुष्ठ वा ५ वर्ष, १० वर्ष, १५ वर्ष वा २० वर्ष

५.     बीमा समाप्तिमा अधिकतम् उमेर :   ७० वर्ष

६.     न्यूनतम बीमाङ्क             :     रू.५०,००००/- (पचास हजार)

७.     अधिकतम बीमाङ्क           :     आयश्रोतको आधारमा रू.२५,००,००,०००/- (पच्चिस करोड)  सम्म (रू१०,००० हजारको अन्तरमा)

८.     बीमा शुल्क भुक्तानी तरिका    :     एकल, वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक

९.     यस बीमा योजनामा भएका सुविधाहरू :

क)        अवधि समाप्ति दावी : बीमालेख अवधि समाप्तिसम्म बीमित जीवितै रहेमा बीमाङ्क र बीमालेखको आर्जित बोनस रकम बीमित स्वयंलार्इ भुक्तानी गरिनेछ।

ख)    मृत्यु दावी : बीमालेख चालु रही बीमालेखको अवधिभित्र बीमितको मृत्यु भएमा बीमाङ्क र बीमालेखको आर्जित बोनस रकम बीमालेखमा इच्छाइएको व्यक्ति वा नजिकको हकदारलाई भुक्तानी गरिनेछ।

ग)     चुक्ता मुल्य तथा समर्पण मुल्य : बीमालेखको कम्तिमा २ वर्षको पूरा बीमाशुल्क प्राप्त भएमा बीमालेख अन्तर्गत चुक्ता मूल्य प्राप्त हुनेछ। चुक्ता मूल्य प्राप्त बीमालेख धितो राखि समर्पण मूल्यको अधिकतम ९०% सम्म  बीमालेख कर्जा लिन सकिनेछ। बीमालेख चालु भएको २ वर्ष पश्चात बीमा अवधि भित्र कुनै पनि बेला बीमालेख समर्पण गर्न सकिने छ।

१०.     ऐच्छिक सुविधा : बीमाङ्क रकम बराबर वा अधिकतम  रू. १,००,००,०००/- (एक करोड) सम्म दुर्घटना मृत्यु लाभ (ADB), पूर्ण तथा स्थायी अपाङ्ग/अशक्तता (PTD) तथा बीमाशुल्क छुट सुविधा (PWB) लिन सकिने।

 

प्रथम बीमलेख जारी मिती : आषाढ २६ २०७६

महालक्ष्मी जीवन सुरक्षा बीमा

महालक्ष्मी जीवन सुरक्षा....

महालक्ष्मी वार्षिक धनफिर्ता बीमा

बीमा अवधिभर बीमाङ्कको....

जीवन हेरचाह बीमा

प्रत्येक आमा बुबाको सपना....

डबल सावधिक बीमा योजना

कम्पनीले बीमितको जोखिम....

लगानी फिर्ता म्यादी बीमा योजना

कम्पनीले कम बीमाशुल्कमा....

सावधिक बीमा योजना

कम्पनीले कम बीमाशुल्कमा....